Logo

‘हल्ट प्राइज’को सेमीफाइनलबाट उत्कृष्ट पाँच टोली छानिए, मंगलबार फाइनल प्रतिस्पर्धा हुने

‘हल्ट प्राइज’को सेमीफाइनलबाट उत्कृष्ट पाँच टोली छानिए, मंगलबार फाइनल प्रतिस्पर्धा हुने



काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइज कमिटीले आयोजना गरेको ‘हल्ट प्राइज’ प्रतियोगितामा उत्कृष्ट पाँच टोली छनोट भएका छन् । शनिवार काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट(कुसोम) को कार्यालय बालकुमारीमा भएको सेमिफाइनलमा १३ वटा टोलीबाट उत्कृष्ट पाँच टोली फाइनल चरणमा पुगेका हुन् ।

laxmi

क्यानेडियन स्टडी सेन्टर र अग्नि महिन्द्रा समूहको सहयोगमा आयोजित ‘हल्ट प्राइज’ प्रतियोगितामा काठमाडौं विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको १३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिस्पर्धी समूहले प्रस्तुत गरेको उत्कृष्ट बिजनेस आइडियाका आधारमा उत्कृष्ट ५ टोली छनोट गरिएको हो । अब यी ५ टोलीहरु बिच फाइनल चरणमा पुनः प्रतिस्पर्धा भइ उत्कृष्ट एउटा टोली छनोट हुने आयोजक कमिटीका प्रमुख साशा सुनुवारले जानकारी दिइन् ।

उनकाअनुसार उत्कृष्ट बन्ने एक टोलीले पछि काठमाडौं विश्वविद्यालयको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय स्तरमा हुने अर्को प्रतिस्पर्धामा भाग लिनेछ । यस प्रतियोगिताको फाइनल चरणको प्रतिस्पर्धा आगामी फागुन १५ गते मंगलबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजना हुने सुनुवारले जानकारी दिइन् ।

सेमीफाइनलबाट फाइन प्रवेश गर्ने विद्यार्थीहरुको उत्कृष्ट पाँच टोलीहरुको नामहरु डा. फिश, लेडीज विथ ए ल्याम्प, हेम्पायर, द अपसाइकलर्स र कोडोको खाजा रहेको छ । प्रतिस्पर्धी टोलीहरुको मूल्याङ्कन आइआइडीइ नेपालकी लर्निङ एण्ड डेभलपमेन्ट प्रमुख अन्चिता भिम्सारिया, च्यौ बायो टेक्नोलोजीका संस्थापक एवं र इन्जिनियर गुञ्जन घिमिरे, पार्थ स्टुडेन्ट उद्यमका सह–संस्थापक रुबी शाह तथा कारोबर एपका संस्थापक समिर फुयाँलसहितको स्वतन्त्र निर्णायक मण्डलबाट भएको थियो । प्रतिस्पर्धीहरुले विजनेश आइडिया बारे भिडियो प्रस्तुति गर्दै त्यसैको आधारमा प्रश्नोत्तरमा सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि अग्नि महिन्द्रा समूहका उपनिर्देशक बार्दन बस्नेतले प्रतिस्पर्धाले विद्यार्थीहरुलाई उद्यमी बन्न प्रोत्साहित गरेको बताए । यस्ता प्रतिस्पर्धाहरुबाट अध्ययन पूरा गर्दै गरेका विद्यार्थीहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL