Logo

संघीय संसदका दुबै सदनको वैठक बस्दै, प्रि–बजेटमा छलफल हुँदै

संघीय संसदका दुबै सदनको वैठक बस्दै, प्रि–बजेटमा छलफल हुँदै



काठमाडौं । संघीय संसद अन्तर्गत आज (सोमबार) दुबै सदनको वैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् । राष्ट्रियसभामा उत्पति भएको बिधायनसम्बन्धी बिधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको बिधयेक टेबुल गरिनेछ ।

laxmi

साथै, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पति भएको बिद्युत ब्यापार बिधेयक २०८०’ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै राष्ट्रिय सभा बैठक पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

बिधायन ब्यवस्थापन समितिकी सभापति जयन्ती देवी राइले ‘बिधायन ब्यवस्थापन समितिको बार्षिक प्रतिबेदन २०७९÷८०’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र बन्यजन्तुबीचको द्वन्द्वको अबस्था प्रतिबेदन, २०८०’ सभा समक्ष पेश गर्ने छिन् ।

उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन बिधेयक २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । अर्थ मन्त्री प्रकाशशरण महतले आ.ब २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL