Logo

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपी अरुण पौडेल ‘गण्डकी प्रदेश सर्वोत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपी अरुण पौडेल ‘गण्डकी प्रदेश सर्वोत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित



काठमाडौं । ​ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) अरुण पौडेल ‘गण्डकी प्रदेश सर्वोत्कृष्ट प्रहरी’ पुरस्कारबाट सम्मानित भएका छन् । गण्डकी प्रदेश सरकार प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका कमाण्डेन्ट एसएसपी अरुण पौडेललाई प्रदेश सरकारले पुरस्कृत गरेको हो ।

laxmi

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पौडेललाई प्रशंसा पत्र र नगद २५ हजारसहित सम्मान गरेका हुन् । पौडेल एक वर्षदेखि गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत रहेका थिए । पौडेलले स्थापनको क्रममा रहेको तालिम केन्द्रको विकास, विभिन्न आधारभुत तथा सेवाकालीन तालिमलगायतका अन्य प्रशिक्षण गतिविधिमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको हो ।

स्थापनाको पाँच वर्ष बितिसक्दा समेत गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा विभिन्न समस्याका कारण प्रशिक्षार्थीहरुले आवश्यक सुविधा प्राप्त गर्न नसकिरेहको सन्दर्भमा पौडेलले आफ्नो कार्यकालमा सो केन्द्रलाई सुविधा सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवमा समेत उत्कृष्ट प्रहरी तालिम केन्द्र घोषित भएको थियो । पौडेल विगतमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रशिक्षकको रुपमा रहेका थिए ।

प्रदेश सरकारले प्रहरी उपरीक्षक मोहनकुमार थापा, प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको छ । त्यसैगरि नेपाली सेनातर्फ सुबेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल र जवान उमेश बानियाँ पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL