Logo

आईसीटी एसोसिएशनमा नयाँ कार्यसमिति, २०१५ लाई आईसीटी साक्षरता वर्षकोरुपमा मनाईदै

आईसीटी एसोसिएशनमा नयाँ कार्यसमिति, २०१५ लाई आईसीटी साक्षरता वर्षकोरुपमा मनाईदै


रामराजा श्रेष्ठ
0
Shares

DSC_5301

बिजखबर संवाददाता
११ पुस,  काठमाडौं । सूचना प्रविधिसँग सम्बन्नधीत व्यवसायीहरुको छाता संगठन आईसीटी एसोसिएशन अफ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएशनको हालै सम्पन्न साधारणसभाले आगमी दुई वर्षका लागि ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
काठमाडौंमा शुक्रवार आयोजित पदस्थापना कार्यक्रमबीच एसोसिशनका नयाँ कार्यसचितिको घोषणा गरिएको हो । साधारणसभाले अध्यक्षमा भेषराज पौड्यललाई निर्वाचित गरेको हो । पौड्यल यसअघि एसोसिएशनको प्रथम उपाध्यक्ष थिए । त्यस्तै, प्रथम उपाध्यक्षमा रोशन भण्डारी र दित्तीय उपाध्यक्षमा चेत नाथ उपाध्यय निर्वाचित भएका छन् । एसोसिएशनको महासचिवमा शोभन सैंजु र कोषाध्यक्षमा चेतन ओलि निर्वाचित भएको जानकारी दिइएको छ ।
नयाँ कार्यसमितिको कार्यकारी सदस्यहरुमा अमित अग्रवाल, विनोद पुडाशैनी, निश्चलमान प्रधान, प्रमोद भट्टराई, सोनम गुरुङ र सुरेश लामिछाने निर्वाचित भएको एसोसिएशनले जानकारी दिएको छ ।  नयाँ कार्यसमितिले सूचना प्रविधि विकास तथा व्यवसायिक प्रवद्र्धनका लागि विशेष जोड दिने बताएको छ ।
यसैबीच, एसोसएशनले सन् २०१५ लाई ‘आईसीटी साक्षरता वर्ष’को रुपमा मनाउने भएको छ । सूचना प्रविधि सम्बन्धी व्यापक चेतना अभिवृद्धि गराउन तथा यसको व्यवसायिक प्रवद्र्धन गर्नका लागि साक्षरता एसोसिएसनले साक्षरता दिवस मनाउने भएको हो ।
आईसीटीका नवनिर्वाचित अध्यक्ष पौड्यलले सन् २०१५ लाई ‘आईसीटी लिट्रेसी’ वर्षकारुपमा मनाउने तय भएको जानकारी दिए ।
आईसीटी एसोसिएशनका महासचिव सैंजुले आईसीटी वर्षमा शिक्षा क्षेत्रमा आईसीटीको उपयोग, सूचना प्रविधिको चेतना वृद्धिलगायत विविध कार्यक्रम गर्ने जानकारी दिए । यसैक्रममा विद्यालय व्यवस्थापनका लागि सफ्टवेयर समेत बाडिने उनले बताए ।
उक्त अवसरमा  नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको समग्र विकासका लागि आईसीटीलाई माध्यम बनाउन सुझाव दिए । आईसीटीको माध्यमबाट स्वास्थ्य, पर्यटन र शिक्षाको स्तरलाई माथि उठाउन तथा प्रवद्र्धन गर्न सकिने राजदूत रेको भनाई थियो । त्यस्तै, पूर्व विज्ञान तथा वातावरण मन्त्री गणेश साहले आईसीटी विना मानिसको दैनिक जीवन चल्न असम्भव नै भइसकेको बताए । आईसीटी नै भविष्यको एकमात्र आशा भएको उल्लेख गर्दै उनले आईसीटी विकासको लागि जोड दिनुपर्ने औल्याए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL