Logo

पर्यटन बोर्डका निवर्तमान कार्यकारी प्रमुख डा. रेग्मी विवादमा, भ्रम छरेको भन्दै बोर्ड कर्मचारी संगठनले दियो चेतावनी

पर्यटन बोर्डका निवर्तमान कार्यकारी प्रमुख डा. रेग्मी विवादमा, भ्रम छरेको भन्दै बोर्ड कर्मचारी संगठनले दियो चेतावनी



काठमाडौं । विभिन्न काण्ड र चलखेलका कारण सधैजसो विवादमा रहने गरेका नेपाल पर्यटन बोर्डका निवर्तमान कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी फेरि विवादमा परेका छन् । रेग्मीले गत शुक्रबार एक राष्ट्रिय टेलिभिजनमार्फत प्रसारित अन्तर्वार्ता कार्यक्रममा बोर्डका कर्मचारीहरु, कार्यकारी समितिका पदाधिकारीहरु, पर्यटन मन्त्रालयका सचिव र पर्यटन मन्त्रीहरुप्रति लक्षित गर्दै भ्रामक र कपोलकल्पित ढंगबाट सबैका मानमर्दन हुने गरी अभिब्यक्ति दिएसँगै उनी विवादमा परेका हुन् ।

laxmi

सोसम्बन्धमा नेपाल पर्यटन बोर्ड कर्मचारी संगठनले एक विज्ञप्ति नै जारी गरेर डा. रेग्मीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले डा. रेग्मीले बोर्डको विधि र नियम सम्मत कामहरुको बारेमा अनर्गल प्रचार गर्ने र यस संस्थाका कर्मचारीहरु र पदाधिकारीहरुलाई निराधार आक्षेप लगाउने जस्ता कार्यहरू गरेको विषय सामान्य नैतिक मूल्य वाहिर पर्ने मात्र नभै नेपालको प्रचलित कानुनद्वारा समेत वर्जित रहेको उल्लेख गरेको छ छ । ‘यस्ता विवादित व्यक्तीले निजको व्यक्तिगत स्वार्थ पुरा गर्न नमानेपछि बोर्ड र बोर्डका कर्तव्यनिष्ठ कर्मचारीहरु र पदाधिकारीहरु विरुद्ध विष वमन गर्दै दिएका अभिव्यक्ती र व्यवहारको यो संगठन घोर भर्त्सना गर्दछ’, संगठनको विज्ञप्तिमा छ ।

विज्ञप्तिमा रेग्मीको कार्यकाल नेपाल पर्यटन बोर्डका लागि एक अंध्यारो काल खण्डको रूपमा रहेको बताइएको छ ।‘आगामी दिनहरुमा सरकारी र निजि सहकार्यको नमुना संस्था र यसका इमान्दार र कर्मठ कर्मचारीविरुद्ध र यस बोर्ड सँग प्रत्यक्ष र अप्रतक्ष्य सम्वन्ध हुने कार्यकारी समितिका पदाधिकारी, पर्यटन मन्त्रालयका सचिव र पर्यटन मन्त्रीहप्रति यसरी निर्लज्ज रुपमा वाहियात र बेढंगी कुप्रचार नगर्न यस संगठन चेतावनी दिन चाहन्छ,’विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL