Logo

एक महिनामै ८८ करोडले घट्यो वैदेशिक लगानी प्रतिवद्धता, माघमा एक अर्ब ११ करोडको प्रस्ताव

एक महिनामै ८८ करोडले घट्यो वैदेशिक लगानी प्रतिवद्धता, माघमा एक अर्ब ११ करोडको प्रस्ताव



काठमाडौं । सरकारले लगानी सम्मेलनको तयारी गरिरहँदा विदेशी लगानी प्रतिवद्धता भने घटेको पाइएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनामा पुसको तुलनामा ८७ करोड ९८ लाख ३९ हजार रुपैयाँले विदेशी लगानी प्रतिवद्धता घटेको पाइएको हो ।

laxmi

पुसमा उद्योग विभागमार्फत १ अर्ब ९८ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । तर, माघमा यो घट्दै १ अर्ब ११ करोड रुपैयाँमा सीमित भएको विभागको तथ्यांकमा उल्लेख छ ।

पुसको कुरा गर्दा उक्त महिना नेपालमा विभिन्न ३८ परियोजनामार्फत नयाँ लगानी मात्रै १ अर्ब ७२ करोड रुपैयाँ बराबरको प्रतिवद्धता आएको थियो । बाँकी २६ करोड ३६ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भने एसपीए, एसएसए र टीटीएमार्फत आएको थियो ।

तर, माघमा भने जम्मा २० परियोजनामार्फत मात्रै उक्त लगानी प्रतिवद्धता आएको देखिन्छ । माघमा १५ नयाँ परियोजनामार्फत ३४ करोड ५० लाख रुपैयाँ मात्रै प्रतिवद्धता आउँदा ८४ करोड ७० लाख रुपैयाँ बराबरको प्रतिवद्धता स्थापित परियोजनाहरुमा एसपीए, एसएसए र टीटीएमार्फत आएको हो । यसरी हेर्दा चालु आर्थिक बर्षको माघसम्म नेपालमा नयाँ पुराना गरी ३ सय ३ परियोजनामार्फत २७ अर्ब ५३ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL