Logo

ऋणको सावाँ र ब्याज तिर्नुपर्दा पुँजीगत खर्च गर्ने क्षमता घट्यो : अर्थमन्त्री महत

ऋणको सावाँ र ब्याज तिर्नुपर्दा पुँजीगत खर्च गर्ने क्षमता घट्यो : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केन्द्र सरकारले ऋण र सावाँको ब्याज तिर्नुपर्ने दायित्व बढ्दै गएकाले पुँजीगत खर्च गर्ने क्षमतामा ह्रास आएको बताएका छन् । सोमबार चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक समिक्षा गर्दै यस्तो बताएका हुन् ।

laxmi

‘संघीयतामा गईसकेपछि केन्द्र सरकारले पहिलेको जस्तो साधन स्रोत र खर्च गर्न पाउने अवस्था छैन,’ उनले भने, ‘तर, हाम्रा स्रोत तथा साधनहरु स्थानीय निकाय र प्रदेशलाई पनि वितरण गर्नुपर्ने भएपनि ऋणको सावाँ र ब्याज संघले नै तिर्नुपर्छ जसका कारण पुँजीगत खर्च गर्ने क्षमता लगातार घटिरहेको छ ।’

उनले पछिल्लो समय ऋण र ब्याजको दायित्व प्रतिबर्ष बढ्दै गएको र साधन स्रोतमा संकुचन आएकाले पुँजीगत खर्चमै केहि असर परेको उल्लेख गरे ।

‘देशभरीको साधनस्रोतबाट केहि रकम मात्रै चलाउने पाउने केन्द्र सरकारले विदेशी दातृ निकायले उपलब्ध गराएको ऋणको सावाँ र ब्याज तिर्नुपर्छ,’ उनले भने, ‘यो हरेक बर्ष बढिरहेको छ जसका कारण केन्द्र सरकारको पूँजीगत खर्च गर्ने क्षमता कम भईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL