Logo

चालु खाता र शोधनान्तर स्थितिमा सुधार, दुबै सूचांक बचतमा

चालु खाता र शोधनान्तर स्थितिमा सुधार, दुबै सूचांक बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा मूलुकको शोधनान्तर स्थिति र चालु खाता क्रमश सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अधवार्षिक आर्थिक विवरणमा यस अवधिसम्म आउँदा चालु खाता १ खर्ब ६१ अर्ब ६२ करोडले बचतमा रहेको छ ।

laxmi

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५ अर्ब ५७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९६ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब २१ करोड डलरले बचतमा रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा शोधनान्तर स्थिति २ खर्ब ७३ अर्ब रुपैयाँले बचतमा रहेको छ । गत महिना २ खर्ब १० अर्ब रुपैयाँ बचतमा रहेको शोधनान्तर स्थितिमा एक महिनामा नै ६२ अर्ब रुपैयाँले बढेको हो । यसैगरी, अघिल्लो वर्षको ६ महिनामा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL