Logo

हानले आज नेपाल सत्कार दिवस मनाउने, ‘नेपाल इयरबुक २०२४’ सार्वजनिक गर्ने

हानले आज नेपाल सत्कार दिवस मनाउने, ‘नेपाल इयरबुक २०२४’ सार्वजनिक गर्ने



काठमाडौँ । होटल सङ्घ नेपाल (हान) ले आज माघ २ गते काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापनाका दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

laxmi

दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ । अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ईलर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।

दिवसका अवसरमा सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL