Logo

महासंघ अध्यक्ष ढकालको विधार्थीलाई सुझाव–सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ

महासंघ अध्यक्ष ढकालको विधार्थीलाई सुझाव–सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्छ



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यार्थीलाई आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन् । आज बागलुङ नगरपालिका–१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयको ७४औँ वार्षिकोत्सवमा सम्बोधन गर्दैै विद्यालयले मुलुकका ठूला र राष्ट्रिय व्यक्तिहरु उत्पादन गरेको बताए । उनले विद्यालयको शैक्षिकस्तर र भौतिक पूर्वाधार विकासमा सबैको साथ आवश्यक रहेको उल्लेख गरे ।

laxmi

सो विद्यालयका पूर्व विद्यार्थी समेत रहेका अध्यक्ष ढकालले विद्या नै सबैभन्दा ठूलो धन भएकाले यस शाश्वत सत्यलाई बुझेर विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी र सिङ्गो समुदाय शैक्षिक सुधारमा लाग्नुपर्नेमा जोड दिए । सैद्धान्तिकरुपमा आर्जन गरेको ज्ञान र सीपलाई व्यवहारमा उतारेर व्यावहारिक सीपको विकास गरी उद्यमी बन्न उनको सुझाव थियो ।

अध्यक्ष ढकालले भने, ‘यो विद्यालयले मुलुकका महत्वपूर्ण भूमिकामा रहेर काम गर्ने जनशक्ति उत्पादन गरेको छ, सबै तहमा रहेकाले अब यस विद्यालयको शैक्षिक र भौतिक विकासका लागि लाग्नुपर्ने भएको छ, अब विद्यार्थीले आर्जन गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर सिर्जनशील बन्नुपर्छ र उद्यमी बन्नेतर्फ ध्यान दिन जरुरी छ ।’

गण्डकी प्रदेशसभाका सदस्य कृष्ण पाठकले विद्यालय पश्चिम नेपालको एक पुरानो र गौरवमय इतिहास बोकेको विद्यालय भएको भन्दै शैक्षिक उन्नयन र विकासका लागि आफू लागिपर्ने बताए । शिक्षाको विकास नभई मुलुकको विकास नहुने भएकाले सबै क्षेत्रका विद्यालय र विश्वविद्यालयको विकासमा लाग्नुपर्ने बताए ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले पालिकालाई आगामी वर्ष पूर्णबालबालिकमैत्री घोषणा गर्ने गरी काम भइरहेको बताए । सोही अनुसार विद्यालयको शैक्षिक गतिविधि, भौतिक संरचना सुधार भइरहेको उनको भनाइ थियो । सो अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक ईश्वरीप्रसाद ढकाल सम्मानित भएका थिए । विसं २००७ मा स्थापना भएको थियो । विद्यालयले लामो समयसम्म विभिन्न समस्याका बाबजुद पठनपाठनलाई प्रभावकारी बनाउँदै आएकामा पछिल्लो समय भौतिक संरचना र शैक्षिक गुणस्तर बढ्दै गएको प्रधानाध्यापक तिलक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL