Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमनमा रेकर्ड, अन्तर्राष्ट्रियतर्फ बढ्दा आन्तरिकतर्फ घट्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमनमा रेकर्ड, अन्तर्राष्ट्रियतर्फ बढ्दा आन्तरिकतर्फ घट्यो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु आवागमनमा रेकर्ड कायम भएको छ । बिमानस्थल कार्यालय जारी गरेको तथ्यांक अनुसार सन् २०२३ मा ४५ लाख ४१ हजार १३७ जना यात्रुको आवागमन भएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । यो संख्या कोभिड महामारी शुरू हुनुभन्दा अगाडि २०१८ को भन्दा ४.५ प्रतिशतले बढी हो ।

laxmi

सा २०२३ मा अन्तर्राष्ट्रियतर्फ उडानको संख्या ३१ हजार ४६० रहेको छ । यो तथ्यांक गत वर्षको तुलनामा २९.४० प्रतिशतले बढी हो । तर, कोभिड अगाडि सन् २०१८ को भन्दा यो संख्या १०.७६ ले कम रहेका तथ्यांकमा छ ।

यस्तै, आन्तरिकतर्फ यात्रु आवागमन तथा उडान अवतरण घटेको छ भने कार्गो आवागमनमा गत वर्षको तुलनामा वृद्धि भएको छ । यात्रु आवागमन ४१ लाख ५० हजार ३२६ (गत वर्षको तुलनामा ७.०७ प्रतिशतले कमी), उडान अवतरण ९६ हजार ९८९ (गत वर्षको तुलनामा १०.३६ प्रतिशतले कम) रहेको छ । यस्तै, कार्गो आवागमन ३ हजार ४२६ दशमलव ८६१ टन रहको छ । यो संख्या गत वर्षको तुलनामा १०.८७ प्रतिशतले बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL