Logo

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएका २३ वटै उद्योगमा जोडियो बिजुली

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा काटिएका २३ वटै उद्योगमा जोडियो बिजुली



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । गए राति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिएका छन् ।

laxmi

शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति गठनको निर्णय गर्दै प्राधिकरणलाई लाइन जोडिदिन निर्देशन समेत दिएको थियो ।

अब समितिले बक्यौता विवाद समाधानका लागि काम गर्नेछ । प्राधिकरणले पाँच करोड भन्दा धेरै बक्यौता भएका २४ वटा उद्योगको लाइन काटेको थियो । त्यसमध्ये हिमाल स्टिलले बक्यौता किस्ताबन्दीमा तिर्न थालेपछि लाइन जोडिएको थियो । उद्योगमा लाइन काटिएपछि मजदुर आन्दोलित बनेका थिए । ट्रङ्क र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL