Logo

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौं : अर्थमन्त्री डा. महत

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौं : अर्थमन्त्री डा. महत



चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले ३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि नबढाउने, १ करोडभन्दा कमको आयोजना प्रदेशले नहाल्ने र १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले नै गर्नेगरी कार्यविधि आईसकेकाले अब बेथिति नहुने बताएका हुन् । राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी भुक्तानी नगर्ने निर्णय भएको उनले बताएका छन् । अर्को बर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुने उनको भनाई छ । ‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ’, उनले भने ।

laxmi

कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएकाले यहाँका आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको बताए । उनले ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजन्तु, थारुहरुको संस्कृति र पम्परा यहाँको आकर्षण बनेको र उनीहरुको संरक्षणमा सरकार कटिबद्ध रहेको बताए ।

उनले देशभरिकै विभिन्न स्थानबाट बसाइसराइ गरेर चितवनमा बसोबास गरेका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा महत्वुपूर्ण भूमिका खेलेको बताए ।

अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक हुँदै गएको बताउँदै उनले अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको कुरा कार्यक्रममा राखेका छन् । आन्तरिक पर्यटक पनि बढेको र यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुने उनको भनाई छ ।

उनले भने, ‘सेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको छ, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेश व्यापारको लागत कम गर्नेछ ।’

तथ्यांकमा अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी रहेको उनको भनाई थियो ।

‘नेपालको जलविद्युत, कृषि ब्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL