Logo

बीमामा बढ्दो अविश्वास र आर्थिक मन्दीको प्रभाव, चार वर्षमा पौने ३ लाखले त्यागे बीमा पोलिसी

बीमामा बढ्दो अविश्वास र आर्थिक मन्दीको प्रभाव, चार वर्षमा पौने ३ लाखले त्यागे बीमा पोलिसी



काठमाडौं । जीवन सुरक्षाका रुपमा व्याख्या हुँदै आएको बीमा क्षेत्रमा अविश्वास बढ्दो देखिएको छ । आश्वासको भरमा बीमा गर्दा बीमा पोलिसी सरेन्डर (त्याग्ने) गर्ने बीमितको संख्या वर्षेनी बढ्दो रहेको छ । बीमा आश्वासनको व्यवसाय बन्दा ४ वर्षको अवधिमा पौने २ लाखभन्दा धेरैले बीमा पोलिसी सरेन्डर गरेका छन ।

laxmi

नेपाल बीमा प्राधिकरणले लेखा समितिलाई बुझाएको एक तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म २ आउँदा ७१ हजार २ सय ४९ बीमा पोलिसीहरु सरेन्डर भएका छन । पछिल्लो चार वर्षमा ३९ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । आर्थिक वर्ष २०७७/७८ मा ६३ हजार ३ सय ३१ वटा बीमा सरेन्डर भएको थियो । यस आर्थिक वर्षमा १९ वटा जीवन बीमा कम्पनीको ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको बीमा सरेन्डर भएको छ । यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा ८१ हजार ८ सय ६० वटा बीमा पोलिसी सरेन्डर भएको छ । आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको छ ।

नेपालमा बीमा शुरु भएको लामो समय हुँदापनि आम जनसमुदायमा बीमाको बारेमा जनचेतना कमी हुनु र बीमा अभिकर्ताले आश्वासन दिएको भरमा बीमा गर्दा पछिल्लो समय बीमा पोलिसी सरेन्डर गर्ने बीमितको संख्या बढ्दै गएको तथ्यांकले देखाउँछ । बीमा अभिकर्ताले बीमा गराएवापत बीमितबाट कसिसन उठाउने गरेका हुन्छ । अभिकर्ताले जति ठूलो रकमको जीवन बीमा गराउछन, त्यति नै मात्रामा कमिसन प्राप्त गर्ने व्यवस्था छ । यसकारण अभिकर्ताले बीमितलाई विभिन्न आश्वासन दिने र बीमितको क्षमताभन्दा ठूलो रकमको बीमा गराउदा पछिल्लो समय जीवन बीमा क्षेत्रमा बीमा पोलिसी सरेन्डर गर्नेको संख्या बढेको बीमा विज्ञ रबिन्द्र घिमिरे बताउँछन ।

बीमा अभिकर्ताले बिमकलाई बिभिन्न प्रलोभन देखाएर बीमितको क्षमताभन्दा ठूलो पैसाको पोलिसीमा बीमा गराउन लगाउने र पछि बीमितले पैसा तिर्न नस्कने अवस्थाले पनि अहिले सरेन्ड बढ्दो देखिएको सम्बधित जानकारहरुको बुझाई छ । यसैगरी, पछिल्लो केहि समय यता देखिएको आर्थिक मन्दीको कारण पनि बीमा सरेन्डर बढेको बीमा विज्ञ घिमिरेको बुझाई छ । ‘बीमितले बीमा सरेन्डर आफुसंग पैसा नभएको अवस्थामा गर्छ’ उनी भन्छन, ‘आर्थिक मन्दीको कारण अहिले कतिपय मानिसलाई आफ्नो व्यवसाय जोगाउन समस्या परेको छ ।’ व्यवसाय नै संकटमा परेपछि बीमामा राखेको पैसा निकालेर भएपनि व्यवहार चलाउने अवस्था आएको कारण बीमा पोलिसी सरेन्डर बढेको उनको बुझाई छ । यसैगरी, अभिकर्ताले आफ्नो फाइदाको लागि बीमितलाई गरिरहेको पोलिसी सरेन्डर गर्न लगाएर नयाँ पोलिसी बेच्ने गरेको कारण पनि यस्तो समस्या बढेको घिमिरेको बुझाई छ ।

‘कुनै पनि बिमा अभिकर्ताले बीमितलाई पोलिसी गराउँदा बीमितको आर्थिक अवस्था हेरेर र उसले भोलि गएर उक्त पोलिसी को नियमित पैसा तिर्न सक्छ की सक्दैन ? त्यसको बारेमा अध्ययन गरेरमात्र पोलिसी बेच्नुपर्ने हुन्छ ।’ घिमिरे भन्छन, ‘बीमा अभिकर्ताले बीमितलाई पोलिसीको बारेमा राम्रोसंग बुझाएरमात्र पोलिसी बेच्ने प्रक्रिया अगाडि बढाउनुपर्नेमा त्यसो हुन नसकेको अवस्था छ ।’ यस्तै बीमितलाइै बीमाको बारेमा राम्रो ज्ञान नहुँदा सरेन्डरको केस बढेको उनको बुझाई छ ।

१९ बीमा कम्पनीको पोलिसी सरेन्डर कसको कति ?

पछिल्लो समय मर्जर पछि १४ कायम भएका बीमा कम्पनीहरुको आर्थिक वर्ष २०७९–८० मा ९६ हजार ९ सय ३८ वटा बीमा पोलिसी सरेन्डर भएको छ । यस आर्थिक वर्षमा १३ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको हो । चालु आर्थिक वर्षको कात्तिकसम्म आउँदा १४ वटा बीमा कम्पनीको २९ हजार १ सय २० वटा बीमा पोलिसी सरेन्डर भइसकेको छ । यस आर्थिक वर्षमा ३ अर्ब ६४ करोड ८२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भइसहेको छ ।

१४ वटा कम्पनीमा कति पोलिसी सरेन्डर भयो ?

चार वर्षमा कति पोलिसी बेचिएको थियो ?

आर्थिक वर्ष २०७९–८० मा १ करोड २३ लाख ७० हजार ८ सय १८ वटा पोलिसी बिक्री भएको छ । यस वर्ष १ खर्ब ४२ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बराबरको बीमा पोलिसी बिक्री भएको थियो । चालु आर्थिक वर्षमा २५ लाख ६६ हजार ७ सय ३१ वटा बीमा पोलिसी बिक्री भएको छ । यस आर्थिक वर्षमा ४० अर्ब ८० करोड ४६ लाख रुपैयाँ बराबरको पोलिसी बिक्री भएको हो ।

कुन कम्पनीले कति पोलिसी बिक्री गरे ?

प्रतिक्रिया दिनुहोस्
MBL