Logo

नयाँ स्टक एक्सचेञ्ज ल्याउने हमालको नाङ्गो नाचमा शाक्यको साथ, एक हप्तामै बोलाए ३ वटा बोर्ड बैठक

नयाँ स्टक एक्सचेञ्ज ल्याउने हमालको नाङ्गो नाचमा शाक्यको साथ, एक हप्तामै बोलाए ३ वटा बोर्ड बैठक



काठमाडौं । आफ्नो कार्यकालको अन्तिम चरणमा जसरी पनि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स जारी गर्ने भन्दै धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले दैनिक रुपमा संचालक समितिको बैठक बोलाउन थालेका छन् । गत शुक्रबार संचालक समितिको बैठक बोलाएर नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स जारी प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई पत्र लेखेका अध्यक्ष हमालले बुधबार पनि अर्थ मन्त्रालयलाई जवाफ दिन भन्दै संचालक समितिको बैठक राखेका थिए ।

laxmi

नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स जारी गर्ने सम्बन्धमा बैशाख २६ गते बसेको मन्त्रिपरिषद्को बैंठकले ‘पुँजी बजार विकास र लगानीकर्ताको हितलाई संरक्षण गर्ने दृष्टिले थप अध्ययन गरी यस सम्बन्धमा निर्णय गर्नु उपयुक्त देखिदा अनुमतिपत्र प्रदान गर्नेसम्बन्धी काम कारबाही हाललाई अघि नबढाउने’ भन्दै अर्थ मन्त्रालयलाई निर्देशन दिएको र अर्थ मन्त्रालयले उक्त विषयमा के अध्ययन भयो थप स्पस्ट पार्न भन्दै धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो ।

अध्यक्ष हमालले रणनीतिक रुपमा सो विषयमा अर्थ समिति र सर्वोच्च अदालतबाट निर्णय भएको र थप अध्ययन गर्न नपर्ने भन्दै पुनः अर्थ मन्त्रालयलाई पत्र लेख्ने तयारीसहित संचालक समितिको बैठक राखेका थिए । तर उक्त बैठकमा दुई जना संचालक उपस्थित भएनन् भने अर्थ मन्त्रालयबाट प्रनिधित्व गर्ने संचालक रितेश शाक्य बाहेक अन्यले विरोध जनाएका थिए । सोहीअनुरुप बुधबारको संचालक समितिको बैंठकबाट निर्णयमा पुग्न नसकेपछि शुक्रबार बिहान ८ बजेलाई पुनः संचालक समितिको बैंठक बोलाएको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ ।

‘अहिले धितोपत्र बोर्डको संचालक मध्ये अध्यक्ष हमाल र संचालक समिति सदस्य रितेश शाक्य जसरी पनि हिमालयन स्टकलाई नयाँ स्टक एक्सचेञ्ज लाईसेन्स दिनपर्ने पक्षमा देखिएका छन् भने अन्य सदस्यहरु उक्त विषयमा ठूलो आर्थिक चलखेल भएको र यस विषयमा थप अध्ययन हुनुपर्ने पक्षमा देखिएका छन् । मन्त्रिपरिषदले समेत पुँजी बजारको विकास र लगानीकर्ताको हित संरक्षणलाई संरक्षण गर्न सो विषयमा थप अध्ययन गर्नुपर्ने भन्दै रोकेका कारण सोही अनुरुप अघि बढ्नुपर्ने बोर्डका एक संचालकले जानकारी दिए ।

‘बोर्डमा बहुमत संचालकले मन्त्रिपरिषदको निर्देशन अनुरुप अहिलेको अवस्थामा नयाँ स्टक लाईसेन्स जारी प्रक्रिया अघि बढाउन नहुने राय राखेका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘तर अध्यक्ष हमाल र मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालक रितेश शाक्यले भने अर्थ समिति र सर्वोच्चले अघि बढ्न बाटो खुला गरिदिएको र थप अध्ययन गर्न नपर्ने भन्दै मन्त्रालयलाई जवाफ लेख्नुपर्ने भन्दै अडान लिएका छन् ।’ बोर्डमा अध्यक्ष र अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने संचालकको बढी बोलवाला चल्ने भएकाले शुक्रबारको बोर्ड बैंठकले सोही अनुरुपमा पत्र लेख्ने तयारी भैरहेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

रोचक त के छ भने शंकर ग्रूपको बढी होल्डिङ भएको हिमालयन रिलाई लाइसेन्स दिँदा पनि अर्थ मन्त्रालयको तर्फबाट तत्कालिन बीमा समितिमा शाक्य संचालक थिए । त्यतिवेला पनि शाक्यले हिमालयन रिलाई लाईसेन्स दिलाउनका लागि ठूलो भुमिका खेलेको उक्त स्रोतले जानकारी दिएको छ । यस्तै अहिले शंकर ग्रूपकै बढी होल्डिङ रहेको हिमालयन स्टकलाई लाईलेन्स दिने समयमा पनि शाक्य धितोपत्र बोर्डमा संचालक भएर पुगेमा छन् ।

बोर्डमा अध्यक्ष सहित ७ जनाको संचालक समिति रहेपनि शाक्य भने जसरी भएपनि तत्काल लाईसेन्स दिनुपर्ने भन्दै दौडधुपमा लागेको उक्त स्रोतले जानकारी दिएको छ । शुक्रबार बोलाएको संचालक समितिको पहिलो एजेन्डा नै अर्थ मन्त्रालयको पत्रलाई थप अध्ययन गर्न नपर्ने भन्दै जवाफ लेख्ने गरहेको समेत धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL