Logo

उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पायो पूर्णता, को-को भए मनोनित ?

उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पायो पूर्णता, को-को भए मनोनित ?



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शिक्षा, शिप विकास र रोजगार समितिले पूर्णता पाएको छ । महासंघ कार्यकारीणी समिति सदस्य गोपाल खनालको सभापतित्वमा रहेको समितिले बुधबार पूर्णता पाएको हो । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले समितिका सल्लाहकार तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरे ।

laxmi

समितिको उपसभापतिमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी, मेगा कलेजका सहायक क्याम्पस प्रमुख मधुकर पाण्डे र काठमाडौं टेक्निकल स्कुलका सीईओ उपेन्द्र शर्मा घिमिरे नियुक्त भएका छन् ।

समितिको सदस्यहरुमा नेपाल शैक्षिक परामर्श संघका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, इकोनोमिक मिडिया सोसाइटी नेपाल-इम्सन_का महासचिव तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल, स्वास्थ्य तथा विज्ञान प्रविधि फोरमका महासचिव निर्मल सापकोटा, नव प्रवर्तन विज्ञ अनिल पराजुली र कन्सर्न नेपालका नवराज खनाल रहेका छन् ।

समितिको सल्लाहकारहरुमा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. डिल्लीराज शर्मा, हिसानका सभापति रमेश शिलवाल, प्याब्सनका अध्यक्ष डिके ढुंगाना र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारी रहेका छन् ।

समितिका उपसभापति, सल्लाहकार तथा सदस्यहरुलई मनोनयन पत्र थमाउँदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले शिक्षा, शिप विकास तथा रोजगारीलाई आफुले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । अध्यक्ष ढकालले महासंघले सोही मर्म अनुसार ‘जब फेयर’को आरम्भ गरेको पनि जानकारी दिए । उनले गुणस्तरिय शिक्षा, शिपयुक्त जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धनका लागि सरकार–निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।

महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले पनि शिक्षा, शिप विकास र रोजगारीलाई नै केन्द्रमा राखेर आफुहरु अघि बढिरहेको बताएका थिए । गुणस्तरिय शिक्षाका माध्यमबाट शिपयुक्त जनशक्ति तयार हुने र त्यसले सहजै रोजगारी पनि प्राप्त गर्ने उनीहरुको भनाई थियो ।

समितिका सभापति गोपाल खनालले समितिको अगुवाईमा नेपालको शिक्षा प्रणाली, शिपयुक्त जनशक्ति उत्पादन र रोजगारी सृजनाका क्षेत्रका आफुले केहि नयाँ काम गर्ने योजना बनाएको बताएका थिए । सभापति खनालले सरकार, निजी क्षेत्र र विज्ञहरु सम्मिलित वृहद छलफल तथा अन्तरक्रियाका माध्यमबाट समितिले ठोस योजनासहित काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL