Logo

त्रिविको ४९ औं दीक्षान्त समारोह आज दशरथ रङ्गशालामा, साढे १२ हजार विद्यार्थी दीक्षित हुँदै

त्रिविको ४९ औं दीक्षान्त समारोह आज दशरथ रङ्गशालामा, साढे १२ हजार विद्यार्थी दीक्षित हुँदै



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज (सोमबार) बिहान साढे ११ बजेदेखि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा दशरथ रङ्गशालामा दीक्षान्त समारोह सुरु हुने भएको हो ।

laxmi

दीक्षित हुने विद्यार्थीका लागि बिहान १० बजेदेखि नै रंगशालामा प्रवेश खुला गरिनेछ । आज वर्ष १२ हजार ४१५ जना विद्यार्थी दीक्षित हुन लागेका त्रिविका सूचना अधिकारी योगेन्द्र दाहालले जानकारी दिए । २०७९ को असारदेखि २०८० को असार मसान्तसम्म पास भएका ७३ हजार विद्यार्थीमध्ये आज झण्डै साढे १२ हजार विद्यार्थी दीक्षित हुन लागेका हुन् ।

समारोहमा एमफील, स्नातकोत्तर तह र स्नातक तह गरी २६ जना विद्यार्थीलाई विभिन्न विभूषणबाट आज विभूषित गर्ने तयारी छ । उनीहरूलाई राष्ट्रपतिबाट प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने कार्यक्रम रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । एमफील र पीएचडी तर्फ गरी ११३ जना विद्यार्थीलाई समेत राष्ट्रपतिबाटै प्रमाणपत्र तथा सम्मान पत्र प्रदान गर्ने तयारी छ । दीक्षान्त समारोहमा ५६ वटा स्टलहरू राखिएको छ । त्यही स्टलहरूबाट विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL