Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन आईतबार प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको सुनको मूल्य पुनः सोमबार प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको हो । यसरी चालु हप्ताको दुई दिनमै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले बढेको छ ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । आईतबार र सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL