Logo

विश्व बैंक र सरकारबीच १३ अर्ब ३५ करोड सहुलियत कर्जाको सम्झौता, स्वास्थ्य बीमा पहुँचमा खर्च हुने

विश्व बैंक र सरकारबीच १३ अर्ब ३५ करोड सहुलियत कर्जाको सम्झौता, स्वास्थ्य बीमा पहुँचमा खर्च हुने



काठमाडौं । नेपाल सरकारले विश्व बैंकसँग १३ अर्ब ३५ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने सम्झौता गरेको छ । नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रमलाई सहयोग पुर्याउन सरकारले विश्व बैंकसँग १ सय मिलियन डलर (हालसालैको विनिमय दर अनुसार नेपाली १३ अर्ब ३५ करोड बढी) सहुलियत ऋण लिने सम्झौता गरेको छ । आज एक समारोहबीच स्वास्थ्य मन्त्रालयका सचिव डा. टंक बराकोटी र विश्व बैंक स्वास्थ्य, पोषण तथा जनसंख्या शाखाका व्यवस्थापक फेङ झाओले उक्त कार्यक्रमको उद्घाटन् गरेका हुन् ।

laxmi

उक्त कार्यक्रमले नेपालमा गुणस्तरीय स्वास्थ्य प्रणालीका लागि आवश्यक स्वास्थ्य बीमाको पहुँच वृद्धिमा सहयोग पुर्याउने बताईएको छ । यस्तै यो कार्यक्रमले स्वास्थ्य आपतकालका लागि पूर्वतयारीमा पनि सहयोग पुर्याउने बताईएको छ ।
५ बर्षको उक्त कार्यक्रम १ सय मिलियन डलर सहुलियतपुर्ण कर्जा र ३.८४ मिलियन डलर (हालको विनिमय दर अनुसार ५१ करोड २७ लाख रुपैयाँ) बराबर अनुदानमा संचालित हुनेछ ।

यो कार्यक्रमको कार्यान्वयन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँगको सहकार्यमा कोशी र गण्डकी प्रदेशमार्फत गरिनेछ । यी दुई प्रदेशले स्वास्थ्य क्षेत्रमा लिएको रणनीति २०२३–२०३० लाई सहयोग पुग्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL