Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाई सकियो, आदेश शुक्रबार आउने

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुनुवाई सकियो, आदेश शुक्रबार आउने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले शुक्रबार आदेश जारी गर्ने भएको छ । १० दिन लामो पुनरावेदन निवेदनमाथिको सुनुवाईपश्चात बिहीबार यसको सुनुवाई सकिएपछि मुद्धाको अन्तिम आदेश शुक्रबार आउने भएको हो ।

laxmi

हालसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत २० जनाको निवेदनमा १० दिनदेखि सुनुवाई चलिरहेको थियो। प्रतिवादीका कानुन व्यवसायीले बिहिबार अन्तिम बहस गरेपछि सुनुवाई सकिएको हो।

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको थियो। उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोहीअनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो। मुद्दामा २८ करोड ८१ लाख रुपैयाँ बिगो कायम गरी बिगो र सोही बमोजिम जरिवाना समेत माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL