Logo

गन्जागोल सवारी चालक अनुमतिपत्र वितरण प्रणाली सुधार्ने प्रयास, अब प्रिन्टरदेखि स्मार्टकार्ड र सिस्टम एकै कम्पनीको

गन्जागोल सवारी चालक अनुमतिपत्र वितरण प्रणाली सुधार्ने प्रयास, अब प्रिन्टरदेखि स्मार्टकार्ड र सिस्टम एकै कम्पनीको



काठमाडौं । सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आपुर्ति, छपाई र वितरणमै झमेला भएपछि सरकारले यसलाई सुधार्ने भएको छ । अनुमतिपत्रका लागि आवश्यक स्मार्टकार्डको आपुर्ति, यसको छपाई गर्ने मेसिन र कार्डमा गरिने पर्सनलाईजेशनको काम छुट्टाछुट्टै कम्पनीको जिम्मामा हुँदा हाल विभिन्न समस्या उत्पन्न हुने गरेको छ । जसका कारण सेवाग्राहीले वर्षौदेखि परीक्षा पास गरेर र नवीकरण गर्दापनि प्रिन्टेड लाइसेन्स पाउन सकेका छैनन् । अहिलेको प्रणालीका कारण लाइसेन्स वितरणमै अत्याधिक ढिलाई हुने गरेको छ ।

laxmi

विभागले गर्ने यी तिनै काम हाल छुट्टाछुट्टै कम्पनीले गर्दा काममा ढिलाई भइरहेको भन्दै यातायात व्यवस्था विभागले अब यी तीनवटै कामको जिम्मा एकै कम्पनीलाई दिने निधो गरेको हो । हाल विभागले छाप्ने लाइसेन्सका लागि कार्डको आपुर्ति जर्मनीको मुलबहुर आईडी सर्भिसले गर्दैछ भने यसको छपाईको काम इटालीको माटिका कम्पनीको मास प्रिन्टरमार्फत भईरहेको छ । यसरी छपाई हुने कार्डमा डाटा पर्सनलाईजेशनको काम भने भारतको चेन्नेईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्स (एमसएपी)ले गरिरहेको छ । हाल लाइसेन्स छापिरहेको मास प्रिन्टरको आपुर्तिकर्ता पनि एमससपी नै हो ।

यी तीनै कम्पनीबीच समन्वयको अभावकै कारण लाइसेन्स पर्सनलाईजेसन, छपाई र आपुर्तिमै समस्या भईरहेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए । उनका अनुसार ग्लोबल टेण्डरमार्फत कार्ड आपुर्तिका लागि आह्वान गर्दा कार्ड आपुर्ति गर्ने कम्पनीले डाटा पर्सनलाईजेसन खोज्छ । यसका लागि विभागले पुनः मद्रास सेक्युरिटीलाई गुहार्नुपर्छ । यसरी गुहार्दापनि कम्पनीले केहि आनाकानी गरिदिन्छ र तोकिएको समयमा काम हुँदैन । यतिमात्रै होईन । यसरी पर्सनलाईज्ड गरिसकेको कार्ड छपाईका लागि आवश्यक मास प्रिन्टर पुनः अर्कै कम्पनीको पर्दा यसमा कार्ड कम्प्याटिबल मिलाउन थप समय खर्चनुपर्छ । यस्ता समस्याका कारण सेवाग्राहीलाई उपलब्ध गराउनुपर्ने लाइसेन्स समयमै पुर्याउन नसकिने अवस्था आइपरेको विभागका एक कर्मचारीले बताएका छन् ।

यीनै समस्याको समाधानका लागि विभागले लाइसेन्ससम्बन्धी कामका लागि आवश्यक सबै उपकरण, कार्ड र सिस्टम नै एकै कम्पनीको खरिद गर्नेगरी ग्लोबल टेण्डर आह्वान गरिसकेको छ । उक्त टेण्डरमा यी तीनै प्रणाली एकै आपुर्तिकर्ताले उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । यसले विभागले छाप्दै आएको लाइसेन्स छपाईको कामले तीव्रता पाउने र कार्ड आपुर्तिमा पनि अहिले भईरहेको ढिलाई हट्ने विभागको ठहर छ ।

खासगरी पछिल्लो समय नेपालमा जर्मनीबाट आउने स्मार्टकार्ड आपुर्तिमा पनि मद्रास सेक्युरिटी प्रिन्टर्सले बखेडा झिकेपछि ढिलाई भईरहेको छ । कार्ड छपाईका लागि आवश्यक सिस्टम र प्रिन्टर आफ्नो रहँदा कार्ड आपुर्तिको ग्लोबल टेण्डर भने आफ्नो हातमा नपरेपछि नै चिढिएको एमएसपीले कार्ड पर्सनलाईजेशनमा बखेडा झिकेको थियो । जसका कारण कार्ड उपलब्ध गराउन लागेको फ्रान्सको मुलबहुर कम्पनीले हालसम्म कार्ड उपलब्ध गराउन नसकेको विभागका एक अधिकारी बताउँछन् ।

एमएसपीले जर्मन कम्पनीले उपलब्ध गराउने स्मार्टकार्डको चिपमा नेपाली सवारीचालकको विवरण प्रविष्ट गर्ने काममै ढिलाई गरिदिँदा नै कार्ड आपुर्तिमा केहि ढिलाई भएको विभागका सूचना अधिकारी पनेरुले जानकारी दिए । खासगरी एमएसपीले अनलाइन सिस्टममार्फत हुँदै आएको सवारीचालक अनुमति पत्र र सवारी दर्ता नवीकरणसम्बन्धी कामका लागि लागि चाहिने सफ्टवेयर तथा हार्डवेयर पूर्णरूपमा यातायात विभागलाई जिम्मा हालसम्म लगाइसक्नुपर्ने भएपनि लगाएको छैन । जसका कारण यस्ता काममा साना साना कुरा निकाल्दै एमएसपीले समस्या निम्त्याउँदै आएको छ । कम्पनीले भनेबमोजिम काम नगरिदिएकै कारण विभागले र नेपाली सवारीचालकहरुले पछिल्लो ४ बर्षदेखि दुःख भोग्दै आउनुपरेको छ ।

सम्झौताअनुसार काम सम्पन्न नगरे पनि ९० प्रतिशत भुक्तानी पाइसकेको मद्रास सेक्युरिटीले बाँकी १० प्रतिशत भुक्तानी नपाएको कारण देखाउँदै यातायातको अनलाइन सिस्टम (ईडीएल र भीआरएस)मा फूल एक्सेस विभागलाई दिन मानेको छैन । तर, पछिल्लो समय कुरा मिल्दा जर्मन कम्पनीले डिसेम्बर २० सम्म १४ लाख कार्ड आपुर्ति गरिदिने जनाएको छ । कार्ड अभावकै कारण हाल विभागले छिटो लाइसेन्स प्रिन्टबाहेकका लाईसेन्स प्रिन्ट नै बन्द गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL