Logo

सेयर र घरजग्गा अप्राकृतिक रुपमा बढ्दा अर्थतन्त्रमा समस्या, दिशाहिन मौद्रिक नीतिले थप जटिलता

सेयर र घरजग्गा अप्राकृतिक रुपमा बढ्दा अर्थतन्त्रमा समस्या, दिशाहिन मौद्रिक नीतिले थप जटिलता



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले केही समयअघि सेयर र घरजग्गा अप्राकृतिक रुपमा बढ्दा अहिले समस्या देखिएको बताएका छन् । ‘कुनै पनि व्यवसायमा सधै गुणात्मक रुपमा आम्दानी हुँदैन,’ राष्ट्रिय कर दिवस २०८० को अवसरमा बोल्दै उनले भने, ‘यसअघि जुन अप्राकृति रुपमा सेयर बजार र घरजग्गाको मूल्य बढ्यो अहिले त्यसको असर देखिँदैछ ।’

laxmi

अर्थमन्त्री महतले यसअघि पनि सीमित पहुँचवाला स्वार्थकेन्द्रित व्यक्तिले बजारलाई आफ्नो स्वार्थमा तलमाथि गर्ने काम गर्दा सेयर बजार समस्यामा परेको बताएका थिए । जसका कारण बजारबाट सीमित स्वार्थ केन्द्रित व्यक्तिहरुले कमाउने र सोझासीधा धेरै लगानीकर्ताहरुले गुमाउने गरेको उनको तर्क थियो ।

यसैगरी उनले विना विश्लेषण ल्याईएको दिशाहिन मौद्रिक नीतिका कारण अहिले अर्थतन्त्रमा समस्या देखिएको बताए । ‘राष्ट्र बैंकले मौद्रिक नीति भविष्यमा आउनसक्ने चुनौतीको आँकलन नगरी हुचुवाको भरमा बनाउदा अहिले समस्या निम्तियो,’ उनले भने, ‘तत्कालिन सममयमा खुकुलो मौद्रिक नीतिमा फाइदा उठाउँदै उद्योगी व्यवसायीले पनि जथाभावी कर्जा लिए अहिले हामी त्यसैको परिणमा भोग्दैछौं ।’ साथै राज्यले पनि ठूला टावरलगायत अनुत्पादक क्षेत्रमा लगानी गरेका अहिले अर्थतन्त्रमा समस्या देखिएको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL