Logo

जथाभावी ऋण लिदा तिर्न नसक्ने अवस्था आयो, अब तिर्दिन भनेर आन्दोलन गर्नुको अर्थ छैन : अर्थमन्त्री डा. महत

जथाभावी ऋण लिदा तिर्न नसक्ने अवस्था आयो, अब तिर्दिन भनेर आन्दोलन गर्नुको अर्थ छैन : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीले मनलाग्दी ऋण लिदा ऋण तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बिहीबार राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन कार्यक्रममा बोल्दै महतले सजह नीति हुँदा उधोगी व्यवसायीले अफ्नो क्षमताभन्दा धेरै ऋण लिएको कारण अहिले तिर्न समस्या परेको बताएका हुन ।

laxmi

‘आँखा चिम्लेर मैले ऋण लिएँ, भोलि फिर्ता गर्नुपर्दैन भन्ने अभियान कसैले पनि थाल्नु हुँदैन, साँच्चिकै अफ्ठ्यारोमा परेकालाई राज्यले सहजीकरण गर्छ ।’ उनले भने । उनले क्षमता भन्दा बढि ऋण लिएर तिर्दिन भन्दै आन्दोलन गर्नुको कुनै अर्थ नरहेको पनि बताए । उनले समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सन्जाल प्रयोग भइरहेको भन्दै आक्रोश पनि व्यक्त गरे । ‘निश्चित नियत राखेर केही जत्थाले नकारात्मक सन्देश फैलाइरहेका छन । यस्तो नकारात्मक सन्देश सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुगिरहेको छ,’ उनले भने ।

उनले अहिले स्मार्टफोन चलाउनेको संख्या उल्लेख् रुपमा बृद्धि भएको बताउँदै भने–‘नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउँछन्, दक्षिण एसियामै प्रतिव्यक्ति स्मार्टफोन प्रयोग यहाँ धेरै छ ।’ उनले भने, ‘यसैमार्फत यो देशमा केही हुँदैन, यहाँको सत्ता खराब छ भन्ने नेगेटिभिटी फैलाइएको छ ।’ यसैगरी, विगतमा ठूला भवन, जग्गामा धेरै लगानी जाँदा समस्या आएको र अब यसबाट पाठ सिक्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL