Logo

मध्यरातमा पार्टी प्यालेसबाट महिलाहरुलाई कसले निकाल्यो ?, प्रहरी भन्छ-अभद्र व्यवहार गर्ने युवा समूहको खोजी हुँदैछ

मध्यरातमा पार्टी प्यालेसबाट महिलाहरुलाई कसले निकाल्यो ?, प्रहरी भन्छ-अभद्र व्यवहार गर्ने युवा समूहको खोजी हुँदैछ



काठमाडौँ । दुर्गा प्रसाईंको आह्वानमा मंसिर ७ गते काठमाडौंमा हुने प्रदर्शनमा भाग लिन आएका महिलाहरूको समूहलाई पार्टी प्यालेसबाट मध्यरातमा निकालिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

laxmi

भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित लोकन्‍थलीको इन्द्रसान पार्टी प्यालेसमा बसेका महिलाहरूलाई गएराती युवाहरुको समुह पुगेर बाहिर निकालिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा महिलाहरूलाई युवाहरूको समूहले ‘युवासंघले लघारेको भन्नु’ भन्दै त्यहाँबाट निकालेको देख्न सकिन्छ ।

युवाहरूको एक समूहले धम्कीपूर्ण शैलीमा महिलाहरूलाई मध्यरातमा पार्टी प्यालेसबाट बाहिर निस्किन भनेपछि महिलाहरुले लुगा लगाउन समय दिन आग्रह गरेको सुन्न सकिन्छ । सो घटनापछि प्रहरीले हस्तक्षेप गरेपछि महिलाहरुलाई सोहि पार्टी प्यालेसमा राखिएको थियो ।

प्रहरीले महिलाहरूमाथि अभद्र व्यवहार गर्ने युवा समूहको खोजी गरिरहेको जनाएको छ । काठमाडौंमा मंसिर ७ गते युवा संघ र प्रसाईं पक्षले कार्यक्रम गर्न लागेका छन् । दुवै समुहले माइतीघरमा कार्यक्रम गर्ने सम्भावना देखेपछि काठमाडौं प्रशासनले सो क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले नै युवा संघलाई तीनकुने र प्रसाईं समुहलाई बल्खुमा कार्यक्रम गर्न ठाउ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL