Logo

आर्थिक संकटले डरलाग्दो अवस्था निम्तिदै, ३ महिनामा १७ सय ९४ जनाले गरे आत्महत्या

आर्थिक संकटले डरलाग्दो अवस्था निम्तिदै, ३ महिनामा १७ सय ९४ जनाले गरे आत्महत्या



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ३ महिनामै १ हजार ७ सयि ९४ जनाले आत्महत्या गरेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार चालू आवको साउनदेखि असोजसम्म मात्रै उक्त संख्यामा आत्महत्या भएको हो ।

laxmi

पछिल्लो समयको बढ्दो आर्थिक संकट र सोका कारण निम्तिएको पारिवारिक कलहका कारण आत्महत्या गर्नेक्रम बढेको व्यवसायी तथा सामाजिक विश्लेषकहरु बताउँछन् । ‘अहिले धेरै व्यवसायीहरुको आर्थिक व्यवहार विग्रीएर डिप्रेशनमा पुगेका छन् भने जसका कारण परिवारमा समेत विग्रह आएको छ,’ एक विश्लेषकले भने, ‘व्यवसाय विग्रदाको आर्थिक र मानसिक दबाब थेग्न नसकेर अहिले मानिसहरु डिप्रेशनमा पुगेका आत्महत्या गर्नेक्रम बढेको देखिन्छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार यस अवधिमा सबैभन्दा बढी आत्महत्या झुन्डिएर भएको देखिएको छ । ३ महिनामा मात्रै १ हजार ५ सय ४४ जनाले झुन्डिएर आत्महत्या गरेका हुन् । यसरी आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष ८ सय ४८, महिला ४ सय ८८, बालिका १ सय ४० र बालक ६८ जना छन् ।

सो अबधिमा बिष खाएर आत्महत्या गर्नेको संख्या २ सय १८ छ भने १६ जनाले हाम फालेर र ८ जनाले डुबेर आत्महत्या गरेका छन् । यस्तै यसै अवधिमा ५ जनाले आफुलाई आगो लगाएर आत्महत्या गर्दा ३ जनाले हातहतियार प्रयोग गरेर आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नेहरुमा धेरैजसो कारण डिप्रेसन, पारिवारिक कलह, प्रेमसम्बन्ध आदि रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायत बताउँछन् ।

गत आर्थिक बर्षमा मात्रै नेपालमा आत्महत्या गर्नेको संख्या ६ हजार ९ सय ९३ जना पुगेको थियो । यो पछिल्लो १० बर्षमा सबैभन्दा बढी हो । खासगरी पछिल्लो समय नेपालमा देखिएको आर्थिक मन्दी र यसले निम्त्याएको डिप्रेसनका कारण पछिल्लो समय धेरैजसो साना उद्योगी व्यवसायीहरुले नै आत्महत्या गरिरहेका उद्योगीहरु बताउँछन् । साथै अहिलेको अवस्था सहज नभए यो क्रम अझै बढ्ने सम्बद्ध उनीहरुको आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्
MBL