Logo

सर्वाेच्च अदालतको न्यायाधीशमा ६ जनाकाे नाम सिफारिस, एक पद अझै रिक्त

सर्वाेच्च अदालतको न्यायाधीशमा ६ जनाकाे नाम सिफारिस, एक पद अझै रिक्त



काठमाडों । सर्वाेच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस भएका छन् । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्यायपरिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।

laxmi

यसरी सिफारिस हुने न्यायधीशमा कानुन व्यवसायीबाट बालकृष्ण ढकाल र सुनिल पोखरेलको नाम सिफारिस भएको छ । उच्च अदालतका न्यायाधीशबाट सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुल अजिद मुसलमान सिफारिस भएका छन् ।

प्रस्तावित नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएपछि मात्रै नियुक्ति हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL