Logo

अर्थतन्त्र थप चलायमान बनाउने उपाय खोज्न प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै

अर्थतन्त्र थप चलायमान बनाउने उपाय खोज्न प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै



काठमाडौं । मुलुकको अर्थतन्त्र थप चलायमान बनाउने उपाय खोजीका लागि सरकारले मंगलबार निजी क्षेत्रसँग सुझाव लिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

laxmi

उद्योगी, व्यवसायीहरूको चिन्ताको विषयमा प्रधानमन्त्रीले उनीहरूलाई आश्वस्त पार्ने प्रयास गर्ने बताइएको छ । क्षेत्रगत छलफलपछि प्रधानमन्त्रीले सत्ता साझेदार दल र विपक्षी दलहरूसँग पनि छलफल गर्ने तयारी गरेका छन् ।

देशको आर्थिक अवस्था नसुर्धेपछि तनावमा परेका प्रधानमन्त्री दाहालले यो संकटबाट पार पाउन निरन्तर छलफल चलाइरहेका छन् । उनले सोमबार विभिन्न विषयगत मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत निकायसँग छलफल गरेका थिए ।

बाह्य आर्थिक सूचाकांकहरू सकारात्मक देखिए पनि आन्तरिक सूचाकांक नकारात्मक छन् । मुख्य समस्या उत्पादनमा कमी, लगानीकर्ता र उपभोक्ताको मनोविज्ञानमा देखिएको कमजोर आत्मविश्वासले अर्थतन्त्र चलायमान हुन सकेको छैन ।

निजी क्षेत्र र उपभोक्ताको मनोबल बढाउने गरी सरकारले आवश्यक कदम चाल्नु पर्ने अवस्था छ । प्रधानमन्त्रीले आर्थिक संकटबारे दलहरूसँग पनि छलफल गर्ने यसअघि नै बताएका थिए । त्यसअघि उनले क्षेत्रगत रूपमा छलफल गरी आवश्यक रणनीति बनाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL