Logo

इन्टरनेट सेवाप्रदायकले मानेनन सरकारको निर्णय : टिकटक अझै चल्दै, के गर्छ अब सरकारले ?

इन्टरनेट सेवाप्रदायकले मानेनन सरकारको निर्णय : टिकटक अझै चल्दै, के गर्छ अब सरकारले ?



काठमाडौं । इन्टरनेट सेवाप्रदायकले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्दा टिकटक अझै सुचारु भइरहेको छ । यसअघि नियामक निकाय नेपाल दूरसंचार प्राधिकरको निर्णय अटेरी गर्दै आएका इन्टरनेट सेवाप्रदायकहरुले यसपल्ट मन्त्रिपरिषदकै निर्णयलाई अटेर गरेका हुन् । नेपालमा सदभाव खलबल्याउने काम गरेको भन्दै कार्तिक २७ गते बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक प्रतिवन्ध गर्ने निर्णय गरेको थियो । त्यसैको भोलिपल्ट कार्तिक २८ गते पुनः प्राधिकरणले एक सूचना जारी गर्दै सम्पुर्ण दूरसंचार सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायकलाई टिकटक नचल्ने बनाउन निर्देशन दिएको थियो ।

laxmi

त्यसयता ग्राहकका आधारमा ठूला इन्टरनेट सेवाप्रदायक र दूरसंचार सेवाप्रदायकले टिकटक नचल्ने बनाएपनि साना र केहि नाम नचलेका सेवाप्रदायकले भने अझै बन्द गरिसकेका छैनन् । हाल काठमाडौं उपत्यकाभित्रै पनि केहि साना इन्टरनेट सेवाप्रदायकले उपलब्ध गराउने इन्टरनेटमा अझै टिकटक चलिरहेको प्राधिकरणका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार न्यून ग्राहक भएका केहि इन्टरनेट सेवाप्रदायकले हालसम्म पनि मन्त्रिपरिषदको निर्णयसँगै प्राधिकरणको निर्देशनलाई समेत लत्याइरहेका छन् ।

यस्तै सूचनालाई आधार मान्दै गत शुक्रबार मात्रै नेपाल दूरसंचार प्राधिकरणले पुनः एक सूचना जारी गरेको थियो । जसमा सर्वसाधारणलाई नै कुनै सेवाप्रदायकको माध्यमबाट टिकटक अझै चलिरहेको पाईए गुनासो गर्न आग्रह गरिएको थियो । अर्थात प्राधिकरणले नै हालसम्म कुन कुन सेवाप्रदायले टिकटक बन्द गरे भन्ने एकिन भेउ पाईसकेको छैन । जसका कारण प्राधिकरणले नै टिकटक चलेको भए जानकारी दिन सर्वसाधारणसँग आग्रह गरेको हो ।

प्राधिकरणले आफ्नो सूचनामा सेवाप्रदायकलाई प्राधिकरणको निर्देशनलाई अटेर गरे कारबाही गर्ने चेतावनीसमेत दिईसकेको छ । तर, पनि हालसम्म करिव १० इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत टिकटक नेपालमा संचालन भईरहेको ती अधिकारीले बिजखबरलाई बताए । नेपालमा हाल १ सय ३७ इन्टरनेट सेवाप्रदायकले सेवा दिइरहेका छन् । त्यसमध्ये पनि करिव ३० इन्टरनेट सेवाप्रदायकमात्रै सक्रिय रहेको प्राधिरकरणले जानकारी दिएको सक्रिए रहेकामध्ये करिव १० र अन्य केहि इन्टरनेट सेवाप्रदायकले प्राधिकरणको निर्देशन अटेरी गरिरहेका हुन् ।

खासगरी नेपालका इन्टरनेट सेवाप्रदायकहरुले डीएनएस र आईपी एड्रेस ब्लक गरी टिकटक वा सरकारले बन्द गर्न निर्देशन दिएका साईटहरु चलाउन नसकिने प्रबन्ध मिलाउँदै आएका छन् । डीएनएस ब्लक गर्ने भनेको टिकटकको साइटलाई डीएनएस सर्भरबाट ब्लक गर्नु हो । सबै इन्टरनेट तथा टेलिकम कम्पनीसँग आआफ्नै डीएनएस सर्भरको रहेको हुन्छ । हाल टिकटका लागि मात्रै करिब ५० देखि ६० साइट छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL