Logo

विश्वकपमा छनौट भएको नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख नगद पुरस्कार दिने

विश्वकपमा छनौट भएको नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख नगद पुरस्कार दिने



काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेटमा छनौट भएको नेपाली टिमलाई ५० लाख नगद पुरस्कार दिने भएको छ । क्यान कार्यसमितिको बैठकले राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख नगद पुरस्कार दिने निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिएका छन् ।

laxmi

त्यसैगरी क्यानले यू- १९ एशिया कपमा छनौट भएको नेपाली यू-१९ टिमका खेलाडीलाई जनही ५० हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।

साथै क्यानले टी-२० विश्वकप छनौटको फाइनल खेलमा बिक्री भएको टिकटको आधा रकम जाजरकोटमा गएको भूकम्पबाट पिडितहरुको उद्धारको लागि सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL