Logo

सवा ६ अर्ब उठाउने हिमालयन रिको आईपीओ रोक्न लेखा समितिको निर्देशन, सभापति पोखरेलले भने-सबै प्रिमियमको छानविन गर्छौ

सवा ६ अर्ब उठाउने हिमालयन रिको आईपीओ रोक्न लेखा समितिको निर्देशन, सभापति पोखरेलले भने-सबै प्रिमियमको छानविन गर्छौ



काठमाडौं । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति दिएर आर्थिक चलेखल गरेको भन्दै उजुरी परेपछि लेखा समितिले तत्कालका लागि त्यस्ता आईपीओ रोकेर छानविन गर्न पत्र काटेको छ । समितिले धितोपत्र बोर्डलाई यसअघि प्रिमियम मूल्यमा निष्काशन स्वीकृति दिएका आईपीओको सबै फाइल झिकाउन निर्देशन दिनुका साथै तत्काल कुनैपनि आईपीओ प्रिमियम मूल्यमा जारी नगर्न निर्देशन दिएको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

laxmi

लेखा समितिले प्रिमियम आईपीओसम्बन्धमा ३ पाना लामो प्रश्न खडा गर्दै धितोपत्र बोर्डलाई प्रिमियम आईपीओ जारी गर्दा केकस्तो आर्थिक चलखेल भएको हो, त्यससम्बन्धी नियमहरु के छन् सोसम्बन्धमा तत्काल जवाफसहित उपस्थित हुन पत्र काटेको हो ।

‘प्रिमियम आईपीओसम्बन्धमा विभिन्न संचार माध्यममा आएको समाचार तथा लगानीकर्ताहरुबाट लेखा समितिमा उजुरी परेपछि त्यस विषयमा लेखा समितिले गम्भीर चासो दिएको छ,’ बिजखबरसँगको कुराकानीमा उनले भने ‘हामीले प्रिमियम आईपीओ सम्बन्धी धेरै विषय पत्रमार्फत पठाएका छौं भने प्रिमियम मूल्यमा सेयर निष्काशन हुन लागेको हिमालयन रिको समेत आईपीओ रोक्न भनेका छौं ।’ यदि धितोपत्र बोर्डले प्रिमियमको आईपीओ जारी प्रक्रिया नरोकेमा त्यस सम्बन्धमा थप छानविन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीका लागि सिफारिस गर्नेसमेत उनले जानकारी दिए ।

उनका अनुसार बोर्डलाई १ हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ । बोर्डले गतहप्ता ‘बीमा ऐन २०७९को दफा ४५ को उपदफा ५ अनुरुप प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आब्हान गर्दा शेयर अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने छ’ भन्ने कानूनी व्यवस्था स्पष्ट भएको अवस्थामा कुन आधारमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइयो यस विषय जवाफ दिन बोर्ड अध्यक्ष हमाल र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसँग जवाफ माग गरेको छ । साथै बीमा ऐनअनुसार कम्पनी स्थापनाकै बखतमा कति मूल्य तिरेर संस्थापकहरुले कबुल गरेर सेयरवापतको मूल्य चुक्ता गरेका हुन् र सर्वसाधारणले त्यही बेला प्रचलितबमोजिम भाग कानून पाएको प्राथमिक सेयर किन्न आह्वान पत्र जारी हुँदा बढी मूल्य तिर्नुपर्ने विभेदकारी व्यवस्थाको कानूनी आधार के हो ? यससम्बन्धमा समेत पत्र काटेको छ ।

लामो समयपछि हिमालयन रिले ठूलो संख्यामा सर्वसाधारणलाई आईपीओ जारी गर्दैछ । प्रिमियम मूल्यमा कम्पनीले आफ्नो चुक्ता पुँजीको ३ करोड कित्ता सेयर सर्वसाधारणलाई जारी गर्दैछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका कामदारलाई यही कात्तिक २१ गतेबाट बिक्रीमा ल्याउने भएको छ । प्रतिकित्ता नेटवर्थ १०४ रुपैयाँ भएको हिमालयन रिले १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ जारी गर्दै छ । जसबाट कम्पनीले बजारबाट ६ अर्ब १२ करोड करोड रुपैयाँ उठाउने छ ।

धितोपत्र बोर्डले आर्थिक चलखेल गरी नियमन नै परिमार्जन गरी संचालनमा आएको दुई वर्षमै प्रिमियम मूल्यमा आईपीओ जारी गर्न स्वीकृति दिँदा बजारबाट ठूलो रकम कम्पनीले उठाउनुका साथै बजारमा समेत नकारात्मक असर पर्ने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले प्रतिकित्ता १ सय रुपैयाँमा आईपीओ जारी गर्न पर्ने कम्पनीलाई धितोपत्र बोर्डले निहित स्वार्थमा कम्पनीका लगानीकर्ताहरुसँगको मिलेमत्तोमा नियम नै परिमार्जन गरी प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिइएको छ,’ सम्बद्ध लगानीकर्ताहरु बताउँछन्,’ ‘धितोपत्र बोर्डका अध्यक्ष हमालको स्वार्थमा कम्पनीले लगानीकर्ताहरुको थप ३ अर्ब १२ करोड रुपैयाँ असुली गर्नेछ ।’

बोर्ड अध्यक्षले हमालले आफ्नो तजविजी अधिकारी प्रयोग गरी निहित स्वार्थमा प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति दिएपछि बजारले भने त्यसलाई रिजेक्ट गर्दै आएको छ । उनले आर्थिक रुपमा चलखेल गरी प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको घोराही र सोनापुर सिमेन्टमा लगानीकर्ताले आईपीओ मूल्यमा समेत स्टपलस गर्नुपरेको छ । यसैगरी प्रिमियम मूल्यमा आईपीओ जारीका लागि अनुमति दिएका अन्य कुनै पनि कम्पनीको सेयर मूल्य ओपनिङ मूल्यभन्दा माथि जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL