Logo

भूकम्पपीडितका लागि सरकारद्धारा तत्काल १० करोड निकासा गर्ने निर्णय

भूकम्पपीडितका लागि सरकारद्धारा तत्काल १० करोड निकासा गर्ने निर्णय



काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड निकासा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित दुवै जिल्लामा जनही ५–५ करोड रुपैया पठाउने निर्णय गरेको हो ।

laxmi

सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको हो ।

सो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय गरेको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL