Logo

रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न सरकारको निर्देशन

रुकुमलाई केन्द्रित गरेर हवाई उडान गर्न सरकारको निर्देशन



काठमाडौं । भूकम्पबाट घाइतेहरुको उद्दार गर्न कठिनाई भएपछि नेपाल वायुसेवाका अन्य क्षेत्रका उडान रोकेर रुकुममा पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन गरेका छन् । उनी बिहानै सो क्षेत्रमा अवलोकनका लागि हिँडेका छन् ।

laxmi

अन्यत्र जिल्लाको उडान स्थगित गरी नेपाल वायु सेवा निगमको उडान रुकुम केन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन भएको र घाइतेहरुलाई चौरजहारी विमानस्थलमा केन्द्रित गर्न सबै जिल्लाका सुरक्षा निकायलाई निर्देशन भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । घाइतेहरुले यहाँका अस्पताल भरिएपछि उनीहरुलाई अन्यत्र उपचारका लागि यसो गरिएको हो ।

रुकुमपश्चिमको चौरजहारी र खलंगामा एयरपोर्टहरु छन् । तर जाजरकोटमा एयरपोर्ट भए पनि सन्चालनमा छैन । रुकुमका एयरपोर्टहरुमा साना ट्वीनअटर हवाईजहाजमात्र उडान हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL