Logo

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्याे

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५१ पुग्याे



काठमाडौं । जेनजी प्रदर्शन उग्र बन्दै गएसँगै मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्मका घटनामा तीन प्रहरी र एक भारतीय महिलासहित ५१ जनाको ज्यान गएको जानकारी दिए ।

आन्दोलन तीव्र बन्दै गएसँगै मृतक संख्या अझै बढ्न सक्ने आशंका सुरक्षा निकायले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्