Logo

कर प्रणाली सुधार गर्न के गर्नुपर्ला ? उच्चस्तरिय समितिले माग्यो ११ बिषयमा सुझाव

कर प्रणाली सुधार गर्न के गर्नुपर्ला ? उच्चस्तरिय समितिले माग्यो ११ बिषयमा सुझाव



काठमाडौं । कर प्रणाली सुधार उच्च्स्तरीय समितिले सुझाव माग गरेको छ । समितिले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ११ वटा विषयमा सुझाव माग गरेको हो ।

laxmi

यसअघि असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पालको कर प्रणालीमा समसामयिक सुधारका लागि सुझाव दिन पूर्वमन्त्री तथा अर्थसचिव विद्याधर मल्लिकको अध्यक्षतामा ४ सदस्यीय समित गठन गरेको थियो ।

उक्त समितिले विद्यमान आयकर, मूल्य अभिवृद्धि कर, भन्सार महसुल, अन्तस्शुल्क, शिक्षा सेवा शुल्क र गैरकरसमेत समग्र कर प्रणालीको अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन बुझाउने बताईएको थियो । सोही प्रतिवेदनका लागि आवश्यक सुझावहरु समितिले माग गरेको हो । यो प्रतिवेदन समितिले आगामी चैत १५ गतेभित्र पेश गर्ने बताएको छ ।

समितिले मागेको सुझावमा तीन तहका सरकारले राजस्व उठाउँदा गर्नुपर्ने समन्वय, कुनै कर खारेज गर्ने बिषय, भन्सार मूल्यांकनलाई यथार्थपरक बनाउने कुरालगायतमा सुझाव मागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL