Logo

अन्तरराष्ट्रिय बजारमा ५ महिनाकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, नेपालमा एक हप्ताभरी स्थिर

अन्तरराष्ट्रिय बजारमा ५ महिनाकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य, नेपालमा एक हप्ताभरी स्थिर



काठमाडौं । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य उकालो लागिरहेको छ । मध्यपूर्वमा देखिएको युद्ध र यसले डलरको मूल्यमा पारेको प्रभावकै कारण सुन लगातार बलियो हुँदै गएको अन्तरराष्ट्रिय विज्ञहरु बताउँदै आएका छन् । अझ भनौ सुनको मूल्य बिहीबार पछिल्लो ५ महिनाकै उच्च विन्दुमा पुगेको देखिन्छ ।

laxmi

यसअघि गत मे महिनामा प्रतिऔंस १९ सय ७० डलर आसपास भईरहेको सुनको कारोबार मूल्य हाल अर्थात बिहीबार बढेर १९ सय ८८ डलर प्रतिऔंस पुगेको छ । यो मूल्य पछिल्लो एक महिनाको तुलनामा पनि १ सय ५ डलरले बढी हो । अर्थात गत महिना यहि अवधिमा अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७० डलरको आसपासमा कारोबार भईरहेको थियो ।

खासगरी पछिल्लो समय डलरको मूल्य कमजोर भएपछि अन्तरराष्ट्रिय बजारमा डलरको तुलनामा सुनको मूल्य उच्च हुन पुगेको देखिन्छ । नेपाली बजारमा भने पछिल्लो एक हप्तादेखि सुनको मूल्य घटबढ गरिएको छैन । अर्थात अन्तराष्ट्रिय बजारमा एक हप्ताको अवधिमा ४७ डलरले सुनको मूल्य घट्दा पनि नेपालमा भने यसको मूल्य स्थिर छ ।

नेपाली बजारमा विदाको समयमा नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटबढ नगर्ने हुँदा पछिल्लो एक हप्ताभरी कार्तिक ३ गते निर्धारण गरिएकै मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL