Logo

तास खेलिरहेका आठ जना पक्राउ, डेढ लाख बरामद

तास खेलिरहेका आठ जना पक्राउ, डेढ लाख बरामद



काठमाडौं । काभ्रेको नमोबुद्धबाट प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । गए राति डेढ बजे नमोबुद्ध नगरपालिका–१० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

laxmi

उनीहरुको साथबाट एक लाख ५३ हजार चार सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL