Logo

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयघात, अस्पताल भर्ना

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई ह्दयघात, अस्पताल भर्ना



काठमाडौं । बीआरआई सम्मेलनमा भाग लिन चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।

laxmi

आज बिहान अचानक छाती दुखेपछि उनी बेइजिङिस्थत अस्पतालमा भर्ना भएका हुन् । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएको जनाइएको छ । श्रेष्ठलाई गए राति नर्मल खालको हृदयघात भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

उनको छातीमा समस्या भएपछि अस्पताल लगिएकामा चिकित्सकले सामान्य ‘हर्ट अट्याक’ भएको बताएका थिए । श्रेष्ठको बेइजिङस्थित ‘पेकिङ युनिभर्सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर’ मा उपचार भइरहेको छ । श्रेष्ठको अवस्था सामान्य रहेको बताइएको छ । तेस्रो ‘बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बेइजिङ पुगेका श्रेष्ठ शुक्रबार नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL