Logo

देशको ढुकुटीमा साढे १२ महिनाको वस्तु आयात धान्न पुग्ने वचत, झण्डै १६ खर्ब सञ्चिति

देशको ढुकुटीमा साढे १२ महिनाको वस्तु आयात धान्न पुग्ने वचत, झण्डै १६ खर्ब सञ्चिति



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनासम्मको देशको आर्थिक अवस्थाबारे तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चिति (देशको ढुकुटी) मा २०८० असार मसान्तमा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।

laxmi

असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति थियो । यस्तो सञ्चिति असार महिनाको तुलनामा ३.९ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेकोमा २०८० भदौ मसान्तमा २.६ प्रतिशतले वृद्धि भई १२ अर्ब १ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० भदौ मसान्तमा ४.५ प्रतिशतले वृद्धि भई रु १४०६ अर्ब ५२ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० भदौमसान्तमा ०।६ प्रतिशतले कमी आई १ खर्ब ९२ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । २०८० भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेकोछ ।

आर्थिक वर्ष २०८०/८१ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८० भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २९.७ प्रतिशत, ८६.० प्रतिशत र २६.२ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL