Logo

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, ४७ जना सांसदले गरे सशरीर उपस्थित भएर सनाखत

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, ४७ जना सांसदले गरे सशरीर उपस्थित भएर सनाखत



काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज (शनिबार) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

laxmi

कार्कीको पक्षमा ४७ जना सांसदले सशरीर उपस्थित भएर सनाखत गरेपछि खापुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद आज बिहान परिचयपत्रसहित भेला भएर सनाखत गरेपछि कार्की मुख्यमन्त्री बन्ने पक्का भएको थियो ।

कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका थिए । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कार्की नेपाली कांग्रेसको शेखर कोइराला पक्षका हुन् ।

यता ४७ सांसदकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी गरेका नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो पक्ष भने सनाखतमा गएन । आफूले समर्थनमा राखेका सांसद कार्की पक्षमा गएपछि अल्पमतमा परेका आङबो सनाखतमा नगएका हुन् । कोशीमा बहुमत पुर्‍याउन ४७ सदस्य आवश्यक पर्छ । एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले असोज २० गते विश्वासको मत लिन नसक्दा राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL