Logo

टेरामक्स खरिद प्रक्रियाका काजगात पेश गर्न सरकारलाई लेखा समितिको निर्देशन

टेरामक्स खरिद प्रक्रियाका काजगात पेश गर्न सरकारलाई लेखा समितिको निर्देशन



काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा अहिलेकासम्मका काजगात पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

laxmi

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अहिलेकासम्मका कागजात र निर्णयहरुको प्रमाणीत प्रतिलिपी सात दिनभित्र समितिमा पेश गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो ।

बैठकले दूरसञ्चार सेवा प्रदायहरुले तिर्न बाँकी कर, राजस्व र दायित्व तीन महिनाभित्र असुल उपर गर्न सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ भने निर्धारित समयभित्र राजस्व नतिर्ने सेवा प्रदायकहरुलाई कारवाहीको दायरामा ल्याइ त्यसको जानकारी समितिमा उपलव्ध गराउन निर्देशन दिइएको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL