Logo

अर्थतन्त्र संकटमा छ भनेर निरास बनाउने प्रचार गरियो, हल्ला गरिए जस्तो समस्या छैन : उद्योगमन्त्री रिजाल

अर्थतन्त्र संकटमा छ भनेर निरास बनाउने प्रचार गरियो, हल्ला गरिए जस्तो समस्या छैन : उद्योगमन्त्री रिजाल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्र संकटमा रहेको भन्दै नकारात्मक प्रचार गरिएको बताएका छन् । उनले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै देशको अर्थतन्त्र बाहिर प्रचार गरिए जस्तो समस्यामा नरहेको दाबी गरेका हुन ।

laxmi

उद्योगमन्त्री रिजालले अर्थतन्त्र संकटमा छ भनेर नकारात्मक प्रचार मात्र गरिएको बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रमा हल्ला गरिए जस्तो समस्या नभएको र जबरजस्ती गलत भाष्य सिर्जना गरिएको बताए ।

यसैगरी, उनले निजी क्षेत्रलाई सरकारले विश्वास गर्नुपर्ने बताएका छन् । ‘निजी क्षेत्रलाई विश्वासको वातावरण दिलाउन सकेनौं भने मुलुक समृद्धिको बाटोमा जाँदैन,’ उनी भन्छन, ‘निजी क्षेत्रलाई निरुत्साहित गरेर मुलुकलाई समृद्धबाटोमा लान सकिन्न ।’

उनले अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताएका छन् । ‘एकले अर्कालाई दोष दिएर समस्या समाधान हुँदैन।’ उनी भन्छन, ‘सबै पक्ष मिलेर अघि जाने हो । एक अर्कोलाई दोष थोपरेर हिंड्नु गलत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL