Logo

इजरायल युद्धका कारण कच्चा तेलको मूल्य उकालो लाग्दै, नेपालमा पेट्रोल र डिजेलको भाउ आकाशिने खतरा

इजरायल युद्धका कारण कच्चा तेलको मूल्य उकालो लाग्दै, नेपालमा पेट्रोल र डिजेलको भाउ आकाशिने खतरा



काठमाडौं । रुस–युक्रेन युद्ध जारी नै रहँदा इजरायल–प्यालेस्टाइन युद्धको रूपमा विश्वसामु अर्को भू–राजनीतिक संकट आएको छ । योसँगै कच्चा तेलको भाउ बढ्ने डरले फेरि गति लिइरहेको छ । कच्चा तेलको मूल्य अहिले उकालो ट्रेण्डमा छ । नोमुरा रिसर्च इन्स्टिच्युटका अनुसार मध्यपूर्वमा सुरु भएको यो युद्धका कारण तेलको मूल्य बढ्ने सम्भावना छ ।

laxmi

बुधबार बिहान, कच्चा तेल डब्लुठटीआई प्रति ब्यारेल ०.२२ प्रतिशत वा ०.१९ डलर बढेर ८६.१६ मा व्यापार भएको छ । उही समयमा, ब्रेन्ट प्रति ब्यारेल ०.३१ प्रतिशत वा ०.२७ डलर बढेर ८७.९० डलरमा व्यापार भएको छ ।

के मूल्य १०० डलर पार होला ?

गत महिनाको अन्त्यमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलर पुगेको थियो । यसपछि गत साता करिब ९ प्रतिशतले मूल्य घटेको थियो । अक्टोबर ५ मा भएको ओपेकको बैठकले उत्पादन कटौती कायम गर्ने निर्णय गरेपछि मूल्यमा यो गिरावट आएको हो ।

विश्लेषकहरूले यो नयाँ भू–राजनीतिक संकटले कच्चा तेलको मूल्य बढाउन सक्ने आँकलन गरेका छन् । तेलको मूल्य केही समयको लागि उच्च रहन सक्ने भएपनि तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघ्ने आशा भने कमै छ ।

नेपालमा के होला ?

कच्चा तेलको मूल्यमा भएको वृद्धिले विश्वव्यापी रुपमा पेट्रोल–डिजेलको मूल्य बढन सक्ने आँकलन गरिएको छ । भारतले अन्य देशबाट कच्चा तेल किनेर प्रशोधित गरेपछि नेपाल आयाल निगमलाई दिने भएकाले नेपालले भारतले तय गर्ने मूल्यअनुसार निगमले नेपालमा मूल्य तय गर्ने गर्छ । भारतले नेपाललाई हरेक अग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्छ । यस्तो अवस्थामा कच्चा तेलको मूल्यमा उछाल आएमा स्वभाविक रुपमा भारतले मूल्यवृद्धि गर्छ र त्यसको असर सीधै नेपाली बजारमा पनि पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL