Logo

काठमाडौंसहित तीन सय ३२ स्थानीय तहबाट ६ अर्ब बक्यौता उठाउन प्राधिकरणको ताकेता, ४५ दिनभित्र नबुझाए कारबाही

काठमाडौंसहित तीन सय ३२ स्थानीय तहबाट ६ अर्ब बक्यौता उठाउन प्राधिकरणको ताकेता, ४५ दिनभित्र नबुझाए कारबाही



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न ३ सय ३२ स्थानीय तहलाई बाँकी विद्युत महशुल बुझाउन ताकेता गरेको छ । आईतबार एक सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले काठमाडौं महानगरपालिका, पोखरा, विराटनगर, भरतपु, वीरगंज महानगरपालिकाले पनि हालसम्म विद्युत प्राधिकरणको बक्यौता महशुल तिरेका छैनन् ।

laxmi

नेपाल विद्युत प्राधिकरणका अनुसार सडक बत्ती बालेको, कार्यालय प्रयोजनका लागि विजुलीको प्रयोग गरे यी स्थानीय तहले प्राधिकरणलाई शुल्क नबुझाएका हुन् । यसरी प्राधिरकणले यी स्थानीय तहबाट ६ अर्ब ८ करोड ९४ लाख ३ सय ११ रुपैयाँ बुझाउनुपर्नेछ ।

यी मध्ये सबैभन्दा बढी विद्युत बक्यौता भने काठमाडौ महानगरपालिकाको छ । काठमाडौं महानगरपालिका एक्लैले नेपाल विद्युत प्राधिकरणलाई १ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बुझाउन बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले आगामी ४५ दिनभित्र विद्युत महशुल नबुझाए कानुनी कारबाहीको भागिदार हुनुपर्ने बताएको छ ।

यस्तो छ सूचना

प्रतिक्रिया दिनुहोस्
MBL