Logo

नेपालीलाई ‘अन अराइभल भिसा’ सुविधा दिन इन्डोनेसिया सरकारलाई अनुरोध, महासंघ अध्यक्ष ढकालले भेटे राजदूत

नेपालीलाई ‘अन अराइभल भिसा’ सुविधा दिन इन्डोनेसिया सरकारलाई अनुरोध, महासंघ अध्यक्ष ढकालले भेटे राजदूत



काठमाडौँं । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाली पर्यटकलाई दिइँदै आएको ‘अन अराइभल भिसा’ सुविधा पुनः प्रदान गर्न इन्डोनेसिया सरकारलाई अनुरोध गरेको छ ।

laxmi

नेपालका लागि इन्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तोसँग बुधबार भएको भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका बेला स्थगन गरिएको अन अराइभल भिसा अब पुनः जारी गर्ने व्यवस्थाका निम्ति अनुरोध गरेको महासङ्घले एक विज्ञप्ति निकालेर बताएको छ ।

राजदूत हार्तान्तोले अध्यक्ष ढाकालले गर्नुभएको अनुरोधप्रति सकारात्मक जवाफ दिँदै त्यससम्बन्धमा आफ्नो देशको सरकारसँग छलफल गर्ने बताए । नेपालको निर्यात प्रर्वद्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । नेपालले गलैँचा, चियालगायत उत्पादन इन्डोनेसिया निर्यात गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL