Logo

आजदेखि खुल्दैछ डिभी, कहिलेसम्म भर्न सकिन्छ ?

आजदेखि खुल्दैछ डिभी, कहिलेसम्म भर्न सकिन्छ ?



काठमाडौं । सन् २०२५ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ । बुधबार राति ९ः ४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ।

laxmi

डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन सकिनेछ । डिभी भर्नका लागि कुनै पनि शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ । यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ ।

दुतावासले आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्न अनुरोध गरेको छ कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडिभी) आवेदन फारम भर्नु पर्ने हुन्छ।

दर्ता गर्दा आफ्ना पति–पत्नी र आवेदको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य रहेको र यदी समावेश नगरी विवरणहरू पेश गरे आवेदन अमान्य पनि ठहरिने दूतावासले जानकारी दिएको छ ।

कुनै पनि व्यक्तिले हालसालै खिचेको तस्बिर र एउटा मात्रै आवेदन बुझाउनुपर्ने हुन्छ। अघिल्लो वर्षको डिभीमा प्रयोग गरिएको फोटो हाले पनि अयोग्य नै ठहरिने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
MBL