Logo

जीवन बीमा कम्पनीले भदौमा संकलन गरे साढे ९ अर्ब बीमाशुल्क, नेपाल लाईफले मात्रै आर्जन गर्याे २ अर्ब ७८ करोड

जीवन बीमा कम्पनीले भदौमा संकलन गरे साढे ९ अर्ब बीमाशुल्क, नेपाल लाईफले मात्रै आर्जन गर्याे २ अर्ब ७८ करोड



काठमाडौं । नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले भदौ महिनामा मात्रै साढे ९ अर्ब रुपैयाँ बढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ महिनामा १४ जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क र नविकरणीय बीमाशुल्क गरी जम्मा ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् ।

laxmi

प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी भने नेपाल लाईफ भएको छ । कम्पनीले भदौ महिनामा मात्रै १६ हजार ३ सय ८२ बीमालेख जारी गरी २ अर्ब ७८ करोड बढी बीमाशुल्क आर्जन गरेको हो । यस्तै यसै अवधिमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरी धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनीको सूचीको दोस्रो स्थानमा पर्दा नेशनल लाईफ र हिमालयन लाईफले क्रमशः १ अर्ब १० करोड र १ अर्ब २ करोड रुपैयाँ आर्जन गर्दै तेस्रो र चौथो स्थानमा परेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकलाई आधार मान्दा भदौमा सुर्यज्योति लाईफले ५४ करोड ५४ लाख, सिटिजन लाईफले ४३ करोड १६ लाख, मेट लाईफले ४२ करोड ८८ लाख, एशियन लाईफले ४० करोड ९ लाख र सानिमा रिलाएन्स लाईफले ३४ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यस्तै यसै अवधिमा रिलायबल नेपालले २९ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दा प्रभु महालक्ष्मीले २८ करोड ३८ लाख, सन नेपाल लाईफले २८ करोड ११ लाख, आइएमई लाईफले २३ करोड ३१ लाख र राष्ट्रिय बीमा संस्थानले २२ करोड ५१ लाख रुपैयाँ आर्जन गरेका छन् ।

चालु आर्थिक बर्षको भदौ महिनासम्म सबै जीवन बीमा कम्पनीहरुले कुल २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यसमध्ये पनि सबैभन्दा बढी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मात्रै ८ अर्ब रुपैयाँ बढी आर्जन गरेको देखिएको छ ।

यसै अवधिमा दुई ओटा लघु जीवन बीमा कम्पनीहरुले १३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL