Logo

विद्युत उपयोग गरेर मल उत्पादन गर्न मलेसियन कम्पनीसँग समझदारी : साढे ३४ अर्ब लगानी, वार्षिक ८२ हजार मेट्रिक टन उत्पादन

विद्युत उपयोग गरेर मल उत्पादन गर्न मलेसियन कम्पनीसँग समझदारी : साढे ३४ अर्ब लगानी, वार्षिक ८२ हजार मेट्रिक टन उत्पादन



काठमाडौं । विद्युत उपयोग गरेर मल उत्पादन गर्नका लागि लगानी बोर्डले मलेसियन कम्पनी रेनिकोला एसडिएन बिएचडि कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

laxmi

लगानी बोर्डले ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट (क्यान) सञ्चालनको लागि उक्त कम्पनीसँग सम्झौता गरेको हो । लगानी बोर्डका कार्यकारी अधिकृत (सिईओ) शुसिल भट्ट र मलेसियन कम्पनीका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार रेनिकोला एसडिएन बिएचडि कम्पनीले विद्युतको उपयोग गरेर वातावरणमैत्री प्रविधिमा आधारित भई मल उत्पादन गर्नको लागि समझदारी गरेको हो । समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक रेनिकोला एसडिएन बिएचडि कम्पनीले अनुमतिपत्र प्राप्त गरेको २४ महिनाभित्र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलगानी बोर्डको कार्यालयमा पेश गर्नुपर्नेछ ।

तनहुँ जिल्लाको आँबुखैरेनीमा स्थापना हुने प्रस्ताव गरिएको यस परियोजनाले इलेक्ट्रोलिसिस प्रविधिको प्रयोग गरी ग्रिन अमोनिया र ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट मल तयार पार्ने अवधारणाको विकास गरेको छ । मल तयारको कारखाना तयार पार्न करिब २६० मिलियन अमेरिकी डलर ( करीब साढे ३४ अर्ब) लाग्ने अनुमान गरिएको छ । उक्त परियोजनाबाट वार्षिक ९५ हजार ६ सय मेट्रिक टन ग्रिन अमोनियम र २ लाख ८६ हजार ९ सय ७५ मेट्रिक टन ग्रिन क्याल्सियम अमोनियम नाइट्रेट मल उत्पादन हुने प्रस्ताव गरिएको छ ।

सो सम्झौताबारे लगानी बोर्डका प्रमुख कार्यकारी भट्टले नेपालमा हरित अवधारणामा मल उत्पादन गर्ने उद्देश्य राखेको यस परियोजनाले नेपालको विद्युत लगायतका आन्तरिक स्रोतको परिचालन गरी हरित अर्थतन्त्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता अध्ययनसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL