Logo

सुनको मूल्य ओरालो बाटोमा, आज तोलामा ८ सयले घट्यो

सुनको मूल्य ओरालो बाटोमा, आज तोलामा ८ सयले घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो । मंगलबार सुनको मूल्य चार सय रुपैयाँले घटेको थियो ।

laxmi

हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३८५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL