Logo

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच साइडलाइन भेटपछि आजै शीर्ष तहमा द्विपक्षीय वार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच साइडलाइन भेटपछि आजै शीर्ष तहमा द्विपक्षीय वार्ता



बेइजिङ । आजबाट चीनको एक हप्ते औपचारिक भ्रमण सुरु गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भेटवार्ता भएको छ । हाङ्चाउको स्टेट गेस्ट हाउसमा चिनियाँ समय अनुसार अपराह्न ४ः५० पछि बजे भेट भएको हो ।

laxmi

एशियाली खेलकुदको औपचारिक उद्घाटनको क्रममा सहभागी हुन आएका सिरिया, कुवेत, कम्बोडिया, पूर्वी टिमोर लगायतका सरकार तथा राष्ट्रप्रमुखहरुसँग साइडलाइन भेट गर्ने क्रममा सी र प्रचण्डबीच भेट भएको हो ।

भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको भन्दै एशियाली खेलकुदको व्यस्तता हुँदा पनि भेट गरेकोमा सीको तारिफ गरेका छन् ।

चीनको एक साता लामो भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति चीन चिनफिङसहित शीर्ष तहमा द्विपक्षीय वार्ता भएको छ । शनिबार चीनको हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डको टोलीसहित द्वीपक्षीय वार्ता सुरु भएको हो । यसअघि प्रचण्ड र सीबीच हाङ्जाओमै संक्षिप्त भेट भएको थियो ।

द्विपक्षीय वार्तामा प्रधानमन्त्रीसहित नेपालका तर्फबाट परराष्ट्रमन्त्री नारायणप्रकाश साउद लगायत नेपाली प्रतिनिधिमण्डका सदस्यहरू सहभागी छन् । एसियाली खेलकुदको उद्घाटनका लागि चीन पुगेका प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

सीले सिरियाका राष्ट्रपति बसर अल असद र कुवेतका राजकुमार शेख मेसाल अल अहमद अल जबर अल सबसँग शुक्रवार भेट गरेका थिए । प्रचण्डभन्दा अगाडि आजै सीले कम्बोडियाका राजा नरोदम सिहामोनी, पूर्वी टिमोरका प्रधानमन्त्री सानाना गुस्माओसग पनि भेट गरेका थिए । भेटमा दुई पक्षको हित र खेलकुद बारेमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL