Logo

विश्व बैंकले गर्याे साढे २ अर्ब अनुदान सहयोग, नेपालको खाद्य तथा पोषण सुरक्षा परियोजनामा खर्च हुने

विश्व बैंकले गर्याे साढे २ अर्ब अनुदान सहयोग, नेपालको खाद्य तथा पोषण सुरक्षा परियोजनामा खर्च हुने



काठमाडौं । विश्व बैंकले नेपाललाई २ करोड डलर (२ अर्ब ६६ करोड रुपैयाँ) अनुदान सहयोग गर्ने भएको छ । नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा वृद्धि परियोजनाका लागि उक्त अनुदान सहयोग स्वीकृत गरेको हो ।

laxmi

उक्त परियोजनाले नेपालका विभिन्न १६ गाउँविकास समितिका ५५ हजार साना कृषकलाई कृषि उत्पादकत्व र पोषण शिक्षासम्बन्धी ज्ञान प्रदान गर्नेछ । यसले परम्परागत कृषि क्रियाकलापलाई नयाँ तथा आधुनिक कृषितर्फ उन्मुख गराउनेछ ।

खाद्य तथा पोषण सुरक्षा तथा गरिबी नियन्त्रणमा सफलता ल्याउने नेपाल सरकराको लक्ष्य भएको बताउँदै नेपाल माल्दीभ्स र श्रीलंकाका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले सोही लक्ष्यलाई पछ्याउन सहयोग पुगोस भनेर उक्त अनुदान सहयोग स्वीकृत गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL